
२८ पुस, काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला आयोगबाहेक अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला आउन नसकेको भनेर असन्तुष्टि जनाएकी छिन् ।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेकी हुन्।
राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरुसँग छलफलमा बोलाएको हो ।
छलफलमा भाग लिँदै महिला आयोगकी अध्यक्ष पराजुलीले अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला आउन नसकिरहेको बताइन् ।
‘बाध्यकारी छैन त्यसकारण अन्य आयोगको नेतृत्वमा महिला छैनन्,’ उनको गुनासो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4