+
+

गत साता नेपालभित्र धेरै हेरिएका शीर्ष १० गीत, यस्तो छ युट्युव चार्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १३:१०

काठमाडौं । शान्तारानी परियारको गीत ‘म त ढलेँ ढलेँ’ केही महिनादेखि युट्युवको नेपाल चार्टतर्फ शीर्षस्थानमा छ । युट्युवले अपडेट गरेको पछिल्लो चार्टमा उक्त गीत सबैभन्दा धेरै हेरिने सूचीको शीर्षस्थानमा छ ।

जनवरी ३ देखि ९ सम्मको युट्युव चार्टको अपडेटमा शीर्ष स्थानभित्र दुई गीत विदेशी छन् । नेपाल लोकेसन भित्रबाट हेरिएका गीतलाई आधार मानेर युट्युवले चार्ट तयार पार्छ ।

जसअनुसार, चार्टको पहिलो स्थानमा ‘म त ढलेँ ढलेँ’ छ । जसलाई झण्डै ४ करोड ८० लाख पटक हेरिएको छ ।

दोस्रो स्थानमा फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ छ । एसडी योगी र शान्तिश्री परियारको यो गीतलाई युट्युवमा अहिलेसम्म ८ करोड ८६ लाख पटक हेरिएको छ ।

चार्टको तेस्रो स्थानमा दुर्गेश थापाको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ छ जसलाई ३९ लाख पटक हेरिएको छ । रोचक के छ भने, रिलिजको १३ दिनमै चार्टको तेस्रो स्थानमा गीत पर्न सफल भएको हो ।

चौंथो स्थानमा हिमेश रेशमियाँको गीत ‘दिलके ताज महल मेँ’ छ ।

पाँचौ स्थानमा सुशान्त केसी र इन्द्रकला राईको बहुचर्चित ‘बार्दली’ छ । यो गीत दुई साता युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भैसकेको छ ।

छैटौं स्थानमा बाबुकृष्ण परियारको गीत ‘कश्मिरे पछ्यौरी’ छ । सातौं स्थानमा एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ छ । आठौंमा फिल्म ‘ऊनको स्वीटर’मा समावेश सुजन चापागाईं र सुनिता थेगिमको गीत ‘मखमली’ छ ।

सूचीको नवौं स्थानमा मिस्टर डीको पछिल्लो पप ‘अख्खा छ’ स्ट्रिमिङ भैरहेको छ । दशौं स्थानमा दक्षिण कोरियाली गायक यङ काईको गीत ‘ब्लू’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?