+

नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा

२०८१ पुष  २८ गते १३:४४ २०८१ पुष २८ गते १३:४४
नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा

२८ पुस, काठमाडौं । नेपालको आयोजनामा आगामी जनवरी ३० देखि हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका लागि नेदरल्याण्ड्स टोलीको घोषणा भएको छ ।

नेदरल्याण्ड्स क्रिकेट बोर्डले बाबेते डे लिडेको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । डे लिडे विकेटकिपर ब्याटर पनि हुन् । उनी अनुभवी खेलाडी हुन् । उनले टी२०आईमा ६३ खेलमा ९०० भन्दा बढी रन बनाएकी छन् ।

अन्य खेलाडीमा स्टेर कालिस, हाना लान्धीर, कार्लिन भान कूलविक, कारोलिन डे लाङ, इभा लिन्च, फेबे मोलकेनबर, फ्रेडेरिक ओभरजिक, मायर्थे मान डेन राड, रोबिन रिके, हिथर सिगर्स, सिल्भर सिगर्स, इसाबेल भान डेर वोनिङ र इरिस ज्विलिङ छन् ।

नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीसँग नेपालको पहिलोपटक खेल हुन लागेको हो । नेदरल्याण्ड्स महिला टी२०आई वरियतामा १५औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार बेलुका सूचना जारी गर्दै जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी२०आई श्रृंखला हुने जनाएको थियो ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ । फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

May be an image of 1 person and text

महिला टी२०आई श्रृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय