+

जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य

२०८१ पुष  २८ गते १३:५२ २०८१ पुष २८ गते १३:५२
जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच आइतबार दोस्रो दिनको खेल भइरहेको छ ।

वीरगञ्‍जमा जारी खेलमा पहिलो इनिङमा सस्तैमा समेटिएर फलोअनमा परेको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध सामान्य अग्रता बनाएको छ । दोस्रो दिन दोस्रो सेसनको खेल चलिरहँदा मधेश ६४.१ ओभरमा १५० रनमा समेटियो । मधेशसँग २७ रनको मात्र अग्रता छ ।

मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा आर्मीको २२५ रनको अग्रता पछ्याउँदा १०२ रनमा समेटिएपछि मधेश फलोअनमा परेको थियो । यस खेलमा विजयी हुँदा आर्मीले फाइनलमा स्थान बनाउने छ ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय