+
+

बिग बोसका ५ पपुलर प्रतिस्पर्धी, यीमध्ये कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १५:०३

काठमाडौं । भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस सिजन १८’ले आउने साता विजेता पाउनेछ । यस शोमा अझै पनि शीर्ष ७ प्रतिस्पर्धी छन्, जसमध्येबाट २ जना बाहिरिनेछन् ।

फिनालेअघि श्रुतिका अर्जुन र चाहत पाण्डेलाई हटाएर निर्माताले दर्शकलाई हैरान तुल्याएका छन् । कसलाई विजेता बनाउने भन्ने टुंगो पक्कै हुनेछ । यस्तोमा, अरम्याक्सले आफ्नो रेटिङ सार्वजनिक गर्दै यस सिजनका उत्कृष्ट ५ लोकप्रिय प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ ।

अरम्याक्स मिडियाले बिग बोसको हरेक सिजनमा हरेक हप्ता शीर्ष ५ प्रतियोगीहरूको सूची जारी गर्छ । जनवरी ४ देखि १० सम्मको सिजन १८ को टप ५ को-को थिए भन्ने खुलासा भएको छ । तर, अघिल्लो सूचीभन्दा यसमा खासै भिन्नता देखिएको छैन । सूचीमा नयाँ प्रतियोगीको प्रवेश पक्कै भएको छ ।

उत्कृष्ट ५ प्रतियोगीको सूचीमा पहिलो स्थानमा रजत दलाल, दोस्रोमा भिभियन डिसेना, तेस्रोमा करणवीर मेहरा, चौथो स्थानमा शिल्पा शिरोडकर छन् । योसँगै अविनाश मिश्रले पाँचौं स्थानमा आफ्नो स्थान बनाएका छन् । चाहत पाण्डे २८ डिसेम्बरदेखि ३ जनवरीसम्मको सूचीमा देखिएकी थिइन् । अहिले उनी शोबाट पनि बाहिर छिन् ।

अहिले करणवीर मेहरा र भिभियन डिसेनाले आफूलाई कलर्स च्यानलका प्रिय बताउन थालेका छन् । यद्यपि, रजत दलाल ओरम्याक्स मिडियाको लोकप्रिय सूचीमा सधैं नम्बर १ मा हुने गर्छन् ।

पहिलो नम्बरमा भएका प्रतियोगी नै विजेता बनेको इतिहास छ । जसअनुसार, विजेता दलाल हुने अनुमान गरिएको छ । यसको लागि जनवरी १९ कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?