
२८ पुस, काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना गरेको ‘नेसनल डे कन्सर्ट’ मा राज्यकोषबाट करिब ३७ लाख रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार कन्सर्ट सञ्चालन खर्च व्यवस्थापनका नाममा गृह मन्त्रालयलाई उक्त रकमबराबर रकमान्तर निकासा दिइएको छ ।
सरकार नै आयोजक बनेर आयोजना गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए । अर्थले मंसिर महिनामा यो रकम रकमान्तर निकासा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4