+
+

उद्योगले पूँजी वृद्धि गर्दा ‘ईआईए/आईईई’ आवश्यक नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १९:५०

२८ पुस, काठमाडौं । उद्योगले पूँजी वृद्धि गर्दा अब वातावरणीय प्रभाव मूल्यांकन (ईआर्ईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) आवश्यक नपर्ने भएको छ ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशले यस्तो व्यवस्था गरेको हो ।

उक्त अध्यादेशमा औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै उद्योगको पूँजी वृद्धिमा ईआईए/आईईई आवश्यक नपर्ने गरी व्यवस्था गरिएको छ ।

यस ऐनमा संशोधन गर्दै सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा स्थानान्तरण गर्नुपर्ने भए उद्योग विभागको स्वीकृति आवश्यक नपर्नेसमेत प्रावधान समेटिएको छ ।

औद्योगिक व्यवसाय ऐनमा भने उद्योगको पूँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य थप, परिवर्तन, ठाउँसारी वा स्थानान्तरण गर्नुपर्दा ईआईए/आईईई आवश्यक पर्ने  अध्यादेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?