+
+

दूरसञ्चार कम्पनीको साधारण सभाबाट प्रतिसेयर ३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १९:५४

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

राष्ट्रिय सभा गृहमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारण सभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।

यसैगरी साधारण सभाले आव २०८१/८२ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले कम्पनीको १७औं वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।

कम्पनीको १७औं साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २८ पुसदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?