+
+

कर्मचारी संगठन गुल्मीको अध्यक्षमा लालमणि भण्डारी चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते २०:२५

२८ पुस, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा लालमणि भण्डारी चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीको १२ औं जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा साबित्रा भण्डारी, प्रकाश घिमिरे, सचिव राजु अर्याल, सह–सचिव सन्तोष केसी र कोषाध्यक्षमा ज्ञान बहादुर कार्की चयन भएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले कर्मचरीहरू राष्ट्र सेवक भएकाले नम्र स्वाभावले सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए ।

उनले नेता र कर्मचरीको राम्रो सम्बन्ध भएमात्रै देश विकासले गति लिने बताए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनीले संगठनले कर्मचारीको हकहितको बारेमा निरन्तर काम गरिरहेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?