+
+

कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:१०

२९ पुस, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू-भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?