+

रियलको पोष्टमा ५ गोल गर्दै बार्सिलोनाले जित्यो स्पानिस सुपर कप उपाधि

२०८१ पुष  २९ गते ८:०३ २०८१ पुष २९ गते ८:०३
रियलको पोष्टमा ५ गोल गर्दै बार्सिलोनाले जित्यो स्पानिस सुपर कप उपाधि

२९ पुस, काठमाडौं । बार्सिलोनाले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५-२ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरे भने लामियन यमाल, रोबर्ट लेवान्डस्की र अलेजेन्द्रो बाल्डेले एक-एक गोल गरे । रियलका किलियन एमबाप्पे र रोड्रिगोले एक-एक गोल गरे ।

सुरूवाती समयमै १-० ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले पहिलो हाफमै ४-१ को अग्रता बनाइसकेको थियो । खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गरेपछि रियलले अग्रता लिएको थियो । २२औं मिनेटमा यमालले बराबरी गोल फर्काए ।

३६औं मिनेटमा लेवान्डस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए । ३९औं मिनेटमा राफिन्हाले गोल गरे भने लामो समय चलेको इन्जुरी समयमा बाल्डेले गोल गरेपछि बार्सीलोना एकपक्षीय रूपमा ४-१ ले अगाडि बढेको थियो ।

दोस्रो हाफको ४९औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । ५६औं मिनेटमा बार्सीलोनाका गोलरक्षक सेजेनीले एमबापेलाई फल गरेपछि भिएआरमार्फत रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि १० खेलाडीमा सीमित बार्सिलोनाविरूद्ध ६०औं मिनेटमा रोड्रिगोले गोल गरेपनि रियल ५-२ ले अझै पछाडि थियो । त्यसपछि थप गोल भएनन् र बार्सिलोना च्याम्पियन बन्यो ।

बार्सिलोनाले सुपर कपको १५औं उपाधि जितेको हो । रियल मड्रिडले यो १३ पटक जितेको छ ।

बार्सिलोना रियल मड्रिड स्पेनिस सुपर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय