२९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फेब्रुअरीमा हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय मिहला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एन्फाले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी १७ मा कीर्गिस्तानसँग खेल्नेछ । पहिलो दिनमै म्यानमार र लेबनानबीच पनि खेल हुनेछ । खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
सिंगल राउण्ड रोबिन पछि शीर्ष दुई टोलीबीच फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।
प्रतिक्रिया 4