+
+

वीरगञ्जको मनोकामना मनिचेन्जरको इजाजत खारेज

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १२:२०

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनिचेन्जरको इजाजत खारेज गरेको जनाएको छ ।

‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सो मनिचेन्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउनु हुन सर्वसाधारणसँग आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?