+
+

१ माघमा ‘आईएसएमटी चितवन म्युजिक फेस्ट’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १२:४३

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१२ स्थित आईएसएमटी कलेजले ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्ने भएको छ ।

१ माघमा आयोजना हुने फेस्टमा कलेजका विद्यार्थीले आ-आफ्नो कला, गायन, नृत्य प्रस्तुति गर्ने कलेजले जनाएको छ ।

पढाइका साथै मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजको भनाइ छ । कार्यक्रममा चर्चित ब्यान्ड द इलिमेन्ट्सको पनि प्रस्तुति रहने जनाइएको छ ।

आईएसएमटी  ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ स्टुडेन्टकै सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?