+

बुटवलमा जिल्लास्तरीय छात्रा भलिबल र बास्केटबल प्रतियोगिता हुँदै

२०८१ पुष  २९ गते १३:४८ २०८१ पुष २९ गते १३:४८
बुटवलमा जिल्लास्तरीय छात्रा भलिबल र बास्केटबल प्रतियोगिता हुँदै

२९ पुस, बुटवल । बुटवलमा तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल र छात्रछात्रा बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

न्यू होराइजन मावि बुटवलअन्तर्गतको न्यू होराइजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयबाट १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा छात्रा भलिबल संगै छात्रछात्रा बास्केटबल र टेबलटेनिस प्रतियोगिता पनि गरिएको प्राचार्य एवम् क्लबका संरक्षक लोकनाथ उपाध्यायले बताए ।

विद्यालयको आफ्नै लगानीमा १७ जना खेल प्रशिक्षक नियुक्त गरेर विभिन्न विधाका खेलको विकासमा विद्यालयले लगानी गरेको बताए ।

माघ ३ गतेसम्म संचालन हुने भलिबल प्रतियोगिता लिग कम नकआउट र बेष्ट अफ फाइभको आधारमा खेलाइने विद्यालयका खेल संयोजक मिलन रानाले जानकारी दिए ।

उपाधि विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैयाँ, तेस्रो टिमले नगद १५ हजार रुपैयाँ तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने उनले बताए । क्लबले १७ वटा विधाका खेल प्रशिक्षकमार्फत विद्यार्थीलाई प्रशिक्षण दिंदै आएको रानाले बताए ।

छात्रा भलिबलको पहिलो संस्करण एभरेष्ट बोर्डिङ बुटवल र दोस्रो संस्करणको उपाधि न्यू होराइजन मावि बुटवलले जितेका थिए ।

यस्तै बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । बास्केटबलमा छात्रछात्रातर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने उनले बताए ।

२०६८ सालमा स्थापना भएको क्लबले खेलकुदका विभिन्न विधामा जिल्लास्तरीय देखि राष्ट्रिस्तरका प्रतियोगिता गर्दै उपाधि समेत जितेको क्लबका संस्थापक अध्यक्ष प्रकाश खनालले बताए ।

कार्यक्रममा प्रा.डा रामकृष्ण महर्जनले शारीरीक शिक्षा तथा खेलकुद नेपाल (सोफेस) मार्फत टेबलटेनिस खेल प्रवद्र्धनका लागि बुटवलमा पनि टेबलटेनिस राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता गर्न लागेको बताए ।

कार्यक्रममा न्यू होराइजन माविका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराइजनका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ , क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगायतले बोल्दै न्यु होराइजन विद्यालयको संरक्षकत्वमा क्लबले खेलकुदका विभिन्न विधामा खेलाडी उत्पादनसहित स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजनाहरु गर्दै आएको बताए ।

बास्केटबल भलिबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय