+
यू-१९ महिला टी-२० विश्वकप :

साविक उपविजेता इंग्ल्याण्ड रहेको समूह बी कस्तो ?

२०८१ पुष  २९ गते १५:४७ २०८१ पुष २९ गते १५:४७
साविक उपविजेता इंग्ल्याण्ड रहेको समूह बी कस्तो ?

२८ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप २०२५ यही जनवरी १८ देखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । जहाँ १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक मलेसिया नेपाल जस्ता टोलीले पहिलो पटक यू१९ महिला विश्वकप खेल्दैछन् । यस लेखमा हामी यू१९ महिला विश्वकपको समूह बी मा रहेको टोलीहरुको बारेमा जानकारी दिनेछौँ ।

समूह बी मा साविक उपविजेता इंग्ल्याण्डसहित आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । यस समूहको खेलहरु जोहोर क्रिकेट एकेडेमी ओभलमा हुनेछ ।

इंग्ल्याण्ड
पहिलो संस्करणमा उपविजेता बनेको इंग्ल्याण्ड यसपटक त्योभन्दा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

इंग्लिस टिममा १७ वर्षी लेफ्ट आर्म स्पीनर टील्ली कोर्टिन-कोलमन छन् जसले पछिल्लो महिनाहरुमा राम्रो प्रदर्शन गरेकी छन् । उनले चार्लोट एडवार्ड्स कपमा साउथ इस्ट स्टार्सका लागि चार बलमा चार विकेट लिएकी थिइन् ।

जसले गर्दा दी हन्ड्रेड २०२४ मा उनलाई साउथर्न ब्रेभले टिममा राखेको थियो । उनी हन्ड्रेडको सबैभन्दा युवा खेलाडी बनिन् र १६ वर्षको उमेरमै डेब्यु गर्दै उनले मेग लानिङको विकेट लिएकी थिइन् ।

दुई वर्षअघि यू१९ विश्वकप खेलेकी डाभिना परेरा यस पटक पनि टिममा छिन् । उनले घरेलु क्रिकेटमा सेन्ट्रल स्पार्क्सका लागि टप अर्डरमा राम्रो प्रदर्शन गरेकी थिइन् ।

सन् २०२३ मा पहिलो संस्करण खेलेकी राएना म्याडोनाड्ड-गे, हानाह बेकर, सेरेन स्माल र चारिस पाभलिले इंग्ल्याण्डको सिनियर टिमका लागि खेलिसकेका छन् । अन्य खेलाडीका लागि उनीहरु प्रेरणा बन्ने उनको विश्वास छ ।

आयरल्याण्ड
सन् २०२३ मा आयरल्याण्ड सुपर सिक्ससम्म पुगेको थियो तर इंग्ल्याण्ड र पाकिस्तानसँग पराजित भएपछि यात्रा अघि बढ्न सकेन । यस पटक त्यही दुई टिमसँग आयरल्याण्डले समूह चरणकै खेल्दैछ ।

निएमह म्याकनुल्ली सहित आधा खेलाडी पहिलो संस्करणकै खेलाडी हाल टिममा छन् । एमी हन्टरको चोटका कारण निएमह नयाँ कप्तान बनेकी छन् । हन्टरले २०२३ मा पनि चोटका कारण खेल गुमाएकी थिइन् ।

१८ वर्षीय निएमह म्यानुल्लीले २०२४ मा भएको एभोक सुपर टी२० ट्रफीमा राम्रो प्रदर्शन गरेपछि उनलाई नेतृत्व दिइएको हो । जहाँ उनले १४.७१ को औषतमा ७ विकेट लिएकी थिइन् । उनी वुमन्स अल-आयरल्याण्ड टी२० कपको विजेता मेरिओन टिको कप्तान समेत हुन् ।

गत महिना बंगलादेशविरूद्ध आयरल्याण्डको सिनियर टोलीबाट तीन खेलको टी२०आई सिरिजमा खेलेका अइमी मगुएरे र फ्रेया सार्गेन्ट पनि यू१९ विश्वकप खेल्ने टोलीमा छन् ।

पाकिस्तान
आयरल्याण्डजस्तै पाकिस्तान पनि पहिलो संस्करणमा सुपर सिक्सबाटै बाहिरिएको थियो । समूह चरणमा इंग्लयाण्डसँग पराजित भएको पाकिस्तान सुपर सिक्समा न्युजिल्याण्डविरूद्ध फराकिलो अन्तरले पराजित भएको थियो ।

एइमन फतिना र अनोशा नासिर अघिल्लो संस्करणमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिनेको शीर्ष पाँच खेलाडीमा थिए तर उमेरका कारण दुवै खेलाडी अहिले टिममा छैनन् ।

कोमल खानको कप्तानीमा रहेको पाकिस्तानी टोलीले यस पटक पहिलो संस्करणभन्दा राम्रो गर्ने लक्ष्य राखेको छ । तर त्यसका लागि अहिले टिममा भएका खेलाडीले राम्रो खेल्नुपर्नेछ ।

कप्तान कोमलले ओपनिङ ब्याटिङसँगै विकेटकिपिङ जिम्मेवारी सम्हाल्ने छिन् । गत डिसेम्बरमा भएको यू१९ महिला एसिया कपमा पनि विकेटकिपिङसँगै उपकप्तानको भूमिकामा रहेकी उनी विश्वकपमा कप्तान चयन भएकी हुन् ।

भारत र नेपालसिग पारजित भएपछि पाकिस्तान यू१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । यू१९ महिला एसिया कपमा कप्तानी गरेकी जुफिशान आयाज विश्वकपमा भने उपकप्तान छिन् ।

अमेरिका
अमेरिका क्षेत्रबाट मापदण्ड पूरा गर्ने एक मात्र टिम भएकोले अमेरिका लगातार दोस्रो पटक यू१९ महिला विश्वकप खेल्दैछ ।

सन् २०२३ मा समूह ए मा अष्ट्रेलिया, बंगलादेश र श्रीलंका विरुद्धको सबै तीन खेल हारेर पूछारमा रहेको मलेसिया यस पटक राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

जुलाई २०२४ मा अमेरिकाले वेष्ट इन्डिजसँग पाँच खेलको यू१९ महिला टी२०आई सिरिज खेलेको थियो जुन २-२ को बराबरीमा सकिएको थियो ।

पहिलो खेल जित्दा अदिती चौदासामाले १२ रन खर्चेर ४ विकेट लिएकी थिइन् । यस्तै दिशा धिङ्गाराले ४६ रन बनाएकी थिइन् । चौदासामा र धिङ्गारा दुवै यू१९ महिला विश्वकप खेल्ने टिममा छन् । जहाँ अनिका कोलानले अमेरिकाको कप्तानी गर्देछन् ।

अमेरिकन टिममा सिनियर अन्तर्राष्ट्रिय खेल खेलिसकेका इसानी भाघेला, चेतना रेड्डी पागिडाइला, रितु सिंह, सुहानी थाडनी र सान्वी इम्मादी पनि छन् । क्यालिफोर्नियामा जन्मेकी भाघेलाले सन् २०२१ मा १५ वर्षको उमेरमै टी२०आईमा डेब्यु गरेकी थिइन् ।

उनले वुमन्स क्यारेबियन प्रिमियर लिगमा गुएना अमाजन वारियर्सका लागि खेलिसकेकी छिन् ।

आईसीसी यू-१९ महिला टी२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय