+
+

एआईको प्रयोगमा हामी भुटानभन्दा पनि कमजोर छौं : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १५:४८

२९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटान भन्दा पनि कमजोर रहेको बताए ।

एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको उनको भनाइ छ ।

‘आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ । अस्ति भर्खर आएको जस्तो लाग्छ त्यो प्रविधि,’ सञ्चारमन्त्री गुरुङले भने, ‘अरु त यतिधेरै फास्ट भइसकेको रहेछ, हामी त भुटान भन्दा पनि पछाडि भइसक्यौँ । एआईको पोलिसी चाँडो भन्दा चाँडो बनाएर एआईको ऐनको ड्राफ्ट पनि गर्दैछौँ ।’

सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए ।

‘एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ । एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?