+
+

सुकुटे पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १७:३३

२९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।

बुधबार देखि सुरु हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड मंगलबार नै सुकुटे पुगेका हुन् ।

उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।

प्रचण्ड यसअघि पनि बेला बेलामा सुकुटे पुग्ने गरेका थिए । सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?