+

महिला लिगमा बागमतीविरूद्ध आर्मीको सहज जित

२०८१ पुष  २९ गते १७:५० २०८१ पुष २९ गते १७:५०
महिला लिगमा बागमतीविरूद्ध आर्मीको सहज जित

२९ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसीले एन्फा महिला राष्ट्रिय लिगअन्तर्गत सुपर लिगमा सोमबार बागमती युवा क्लबलाई ३-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले एक-एक गोल गरे ।

सपनाले खेलको छैटौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । २२औं मिनेटमा पुनमले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । इन्जुरी टाइममा चन्द्राले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीका विमला चौधरी पेनाल्टीमा गोल गर्न असफल भइन् ।

डबल राउण्ड रोबिनका आधारमा भइरहेको सुपर लिगमा आर्मीको यो तेस्रो जित हो । जितपछि ५ खेलबाट १० अंक जोडेको आर्मी दोस्रो स्थानमै छ । आर्मी अझै शीर्ष स्थानको एपीएफभन्दा २ अंकले पछि छ । एपीएफले एक खेल कम खेलेको छ ।

सुपर लिगमा बागमतीविरूद्ध आर्मीले दुवै खेलमा जित हात पारेको हो । यसअघि पहिलो खेलमै आर्मीले बागमतीलाई २-० ले पराजित गरेको थियो ।

एन्फा महिला राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय