+

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि कर्णालीको टोली घोषणा

२०८१ पुष  २९ गते १८:१० २०८१ पुष २९ गते १८:१०
प्रधानमन्त्री कप महिला क्रिकेटका लागि कर्णालीको टोली घोषणा

२९ पुस, काठमाडौं । माघ १ देखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघले सोमबार विना थापाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । गत वर्ष प्रधानमन्त्री कपमा कर्णालीको कप्तानी गरेकी किरण कुँवर आईसीसी यू-१९ महिला टी२० खेल्न हाल मलेसियामा रहेकोले कर्णालीले नयाँ कप्तान चयन गरेको हो ।

सुर्खेतमा सञ्चालन गरिएको प्रदेश छनोटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको कर्णाली प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

राष्ट्रिय खेलकुद परषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

समूह ए मा रहेको कर्णालीले पहिलो दिन माघ १ गते नै साविक विजेता विभागीय टोली नेपाल एपीएफ क्लबको सामना गर्नेछ ।

कर्णालीको टोली : विना थापा (कप्तान), रमा बुढाथोकी, अन्जु गुरुङ, विमला बुढा, एञ्जिला थापा, शुरती बुढा, गौरी बोहरा, दीक्षा पुरी, राशि खड्का, सीमाना मल्ल, सिम्रन विष्ट, सोविका शाही, सविना चौधरी, सरिता विष्ट, अंशिका केसी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय