२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । टोलीको कप्तानी सृजना पौडेलले गर्ने छिन् ।
गत वर्ष खेलेको टिमबाट गण्डकीको टिममा धेरै परिवर्तन भएको छ । गत वर्ष कप्तानी गरेकी कुसुम गोदारसहित ज्योत्सिनका मरासिनी, सिमाना केसी र रचना कुमार चौधरी आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न हाल मलेसियामा छन् ।
यस्तै टोलीका अन्य सदस्य सुमन खतिवडा, शिला क्षेत्री, सृष्टी पौडेल लगायत खेलाडी यस पटक टिममा छैनन् भने अन्जली विक पनि त्रिभुवन आर्मी क्लबमा पुगेकी छन् । त्यसैले टिममा नयाँ खेलाडी धेरै छन् । नियमित खेलेका खेलाडीहरु नहुँदा टिममा नयाँ र युवा खेलाडी समावेश छन् ।
प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । समूह ए मा रहेको गण्डकी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमै घरेलु टोली सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।
प्रतियोगितामा गण्डकी र सुदूरपश्चिमसँगै साविक विजेता नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समूह ए मा छन् । यस्तै त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेश समूह बी मा छन् ।
गण्डकीको टोली : श्रीजना पौडेल (कप्तान), श्रेया शाह, धनकुमारी क्षेत्री, मनीका लामिछाने, सलिना सेन, रेखा तामाङ, अपेक्ष्या बुढाथोकी, निरु जि.टी.,चन्द्रमाया बराल, आकृति तिवारी, यशोदा भुजेल, श्रेया शर्मा, जेनीसा खत्री, रिया तामाङ
टिम प्रशिक्षक : दिपेश खत्री
सहायक प्रशिक्षक : ऋषिकेश शर्मा पौडेल
टेक्निकल एनालिष्ट : दिवाकर थापा
टिम म्यानेजर : माया तिवारी
प्रतिक्रिया 4