+
+

सहकारी संस्थालाई धितो मूल्यांकन कर्जा अनुपात तोक्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १८:३३

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालाई पनि धितो मूल्यांकनको निश्चित प्रतिशत मात्रै कर्जा लगानी गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरेको हो ।

महानगर/उपमहानगरमा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण लगानी गर्न सक्ने व्यवस्था गर्न लागेको हो । त्यस्तै नगरपालिका/गाउँपालिकामा धितो मूल्यांकनको ६० प्रतिशत ऋण लगानी गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

त्यस्तै निश्चित रकमभन्दा माथि ऋणको धितो मूल्यांकन गर्दा अनिवार्य रूपमा अनुमतिपत्रप्राप्त धितो मूल्यांकनकर्ताबाट गराउनुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै सहकारी संस्थाले तेस्रो पक्ष धितोमा ऋण लगानी गर्न रोक लगाउने भएको हो । ‘संस्थाले ऋणी सदस्य स्वयं वा निजको एकाघर परिवारको धितोमा मात्र ऋण प्रवाह गर्नुपर्ने छ,’ प्रस्तावित व्यवस्थामा छ ।

निर्देशन जारी हुनुअघि सदस्य स्वयं वा निजको एकाघर परिवारको धितोबाहेक तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋणलाई २०८३ असार मसान्तसम्ममा नियमित गरिसक्नुपर्ने व्यवस्था प्रस्ताव भएको हो ।

सहकारीले ऋणी सदस्यलाई परियोजना सुरक्षणमा प्रवाह गरिएका ऋणमा कुल परियोजना लागतको ८० प्रतिशतसम्म मात्र किस्ताबन्दीमा ऋण प्रवाह गर्न सक्ने प्रस्तावित निर्देशनमा उल्लेख छ ।

यस्तै सेयर सदस्यलाई सदस्यता बापत सेयर धितोमा ऋण लगानी गर्न रोक लगाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?