+
+

विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन, कम्पनीहरूले जरिवाना तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते २१:३१

२९ पुस, काठमाडौं । कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ ।

कम्पनीको वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायत कागजहरु पेश गर्ने पुस मसान्तसम्म पेश गरिसक्नुपर्ने कम्पनी ऐनमा व्यवस्था छ ।

तर, त्यसरी विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन हुँदा देशभरका लाखौं कम्पनीका सञ्चालकहरू प्रभावित भएका छन् ।

प्राइभेट कम्पनीहरूले दफा ५१ (पुँजीसम्बन्धी विवरण), दफा ७८ (सञ्चालकहरूले बुझेको तलब–भत्तालगायत विवरण), दफा ८० (अडिटरिपोर्ट र वार्षिक साधारणसभाको विवरण) मा उल्लेख भएका विवरणहरू आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बुझाउनुपर्ने व्यवस्था कम्पनी ऐनमा छ ।

पब्लिक कम्पनीको हकमा भने ६ महिनाभित्र वार्षिक साधारणसभा गरी त्यसको एक महिनाभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ ।

यस अवधिभित्र विवरण नबुझाएमा कम्पनीको चुक्तापूँजी र ढिलो भएको अवधिको आधारमा जरिवाना लाग्ने व्यवस्था कम्पनी एनको दफा ८१ मा छ ।

तर, विवरण बुझाउने अन्तिम दिन नै सर्भर डाउन भएपछि लाखौ कम्पनीहरुले जरिवाना तिर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य सन्तोष तिवारीले बताए ।

‘कम्पनी रजिष्ट्रार कार्यालयको कमजोरीको सजाय कम्पनीका सञ्चालकहरूले ब्यहोर्नुपर्ने भएको छ, यो अन्यन्तै दुःखद् हो,’ तिवारीले भने ।

यस विषयमा बुझ्न खोज्दा कम्पनी रजिष्ट्रार कार्यालयका कसैसँग पनि सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?