+
+

फोनपे पेमेन्ट सर्भिसले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १२:४६

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ललितपुरको पुल्चोकमा २९ पुसमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफानोक्सान लगायत वित्तीय विवरण पारित गरेको छ ।

सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले फोनपेका सेयरधनीलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय समेत गरेको छ ।

साथै, आव २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?