+

पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरूवात

२०८१ माघ  १ गते १२:५३ २०८१ माघ १ गते १२:५३
पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरूवात

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा सुदूरपश्चिम प्रदेशले विजयी सुरूवात गरेको छ । समूह ए को खेलमा सुदूरले गण्डकीलाई ७ विकेटले हराएको हो ।

गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरले १०औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । मनिषा बोहराले ९ रन बनाइन् ।

गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक-एक विकेट लिए ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको थियो ।

गण्डकीका लागि रेखा तामाङले सर्वाधिक १३ तथा ओपनर सृजना पौडेलले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाएनन् ।

सुदुरकी रेखा धामीले ३ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । जानकी थापा र रितु कनोजियाले १-१ विकेट लिइन् ।

आजै हुने समह ए कै दोस्रो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पीएम कप महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय