+
+

लेखराज भट्ट भन्छन् : भीम रावलकै कारण सुदूरपश्चिममा एमालेलाई खासै असर पर्दैन 

भट्ट भन्छन्, ‘उहाँले जे बोल्नुभएको छ । त्यसले पनि एमालेलाई असर नगर्ने देखाउँछ । उहाँको व्यवहार पनि त्यस्तै छ जसले सुदूरपश्चिमा पनि खासै असर गर्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १५:५५

१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने बताएका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले यस्तो टिप्पणी गरेका हुन् ।

रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निस्कासन गरेको थियो । सचिवालयको उक्त निर्णयलाई केन्द्रीय समितिले समेत स्वीकार गरिसकेको छ ।

एमालेबाट निस्कासनमा परेका रावल नयाँ पार्टी निर्माणको प्रक्रियामा छन् । यसका लागि उनी देश दौडाहमा छन् । रावलले नयाँ पार्टी बनाउन लागिरहेका बेला एमालेका सचिव भट्टले पार्टीमा खासै असर नपर्ने बताएका हुन् ।

‘भीम रावलजीका कारणले पार्टीलाई खासै असर पर्ने कुरा छैन,’ एमाले सचिव भट्टले अनलाइनखबरसँग भने ।

रावलकै कतिपय अभिव्यक्ति र उनको व्यवहारका कारणले समेत पार्टीलाई क्षति नपुग्ने भट्टको भनाइ छ ।

भट्ट भन्छन्, ‘उहाँले जे बोल्नुभएको छ । त्यसले पनि एमालेलाई असर नगर्ने देखाउँछ । उहाँको व्यवहार पनि त्यस्तै छ जसले सुदूरपश्चिमा पनि खासै असर गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?