+
+

पीएचडी नसकिँदै डाक्टर लेखेका प्रसाईंले दिए राजीनामा

पीएचडी पूरा नहुँदै डिल्लीराम प्रसाईंले नाममा डाक्टर थपेर सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते २३:०९

१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले राजीनामा दिएका छन् ।

पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए ।

‘उहाँले राजीनामा दिनुभएको छ । त्रिविले छानबिन समिति बनाएर अनुसन्धान पनि गरिरहेको छ,’ त्रिविका एक अधिकारीले भने ।

पीएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर उनले सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए । उनले मानविकी संकायबाट पीएचडी गरिरहेका छन् ।
भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् । थेसिसमा त्रुटि देखिएपछि सच्याउन उनलाई ६ महिनाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?