
काठमाडौं । फिल्म ‘डोरी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै चैत १५ लाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् ।
पोस्टरले कथामा समावेश संघर्ष, रहस्य र गहन भावलाई प्रस्तुत गर्छ । कलाकार वीरेन्द्रसिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रको गहिराइलाई प्रतिनिधित्व गरेको छ ।
पटकथा लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा अनुभवी र नवप्रवेशी कलाकारको संयोजन छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ ।
निर्माता दिनेश भट्टराई हुन् । कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो छन् ।
फिल्मले कथावस्तु, अभिनय र प्राविधिक पक्षमा नवीनता ल्याउने निर्देशक लामाले बताए ।
प्रतिक्रिया 4