+

खो खो विश्वकप : पुरूषतर्फ नेपालको पहिलो जित

२०८१ माघ  १ गते २०:३६ २०८१ माघ १ गते २०:३६
खो खो विश्वकप : पुरूषतर्फ नेपालको पहिलो जित

१ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप अन्तर्गत पुरुषतर्फ नेपालले पहिलो जित हात पारेको छ ।

समूह ए मा रहेको नेपालले मंगलबार पेरुलाई ८०-३४ ले पराजित गरेको हो । यसअघि सोमबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ४२-३७ ले पराजित भएको थियो ।

मंगलबारै नेपालको महिला टिमले भने दोहोरो जित हात पारेको छ । महिला टोलीले भुटान र जर्मनीलाई पराजित गरेको हो ।

नेपालको पुरूष टोलीले बुधबार ब्राजिलसँग खेल्ने छ भने महिला टोलीले श्रीलंकासँग खेल्ने छ ।

खो खो विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय