+
+

हजारौंको भीडमाझ ‘बलिदान’को प्रि-क्लाइमेक्स छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते २१:३१
मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सिमसार कालीचौरमा हजारौंको भीड जम्मा भयो ।

काठमाडौं । १२ हजारभन्दा धेरैको भीडसहित मंगलबार प्रतीक्षित एक्सन फिल्म ‘बलिदान’को प्रि-क्लाइमेक्स दृश्यको छायांकन गरिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सिमसार कालीचौरमा हजारौंको भीड जम्मा भयो ।

फिल्मको एक महत्वपूर्ण दृश्यको लागि १२ हजारको भीड जम्मा भएको निर्देशक सन्तोष सेनले बताए । कथा सन्दर्भ थियो– काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त गरेर नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मूर्तिको उद्घाटन ।

थेगिनसक्नु भीडलाई व्यवस्थित गर्न विराटनगरबाट डीएसपी वेदबहादुर जोशी नेतृत्वमा प्रहरी खटिएको थियो । प्रहरीलाई नगरप्रहरी र स्थानीय क्लबका स्वयमसेवकले पनि सघाए । बिहानदेखि सुरु भएको छायांकन बेलुका अबेरसम्म चलिरह्यो ।

‘किनेर पनि नपाइने दृश्य छायांकन गरियो’ निर्देशक सेनले भने, ‘हसिना सिमसारको बुढासुब्बा फुटबल मैदान थेगिनसक्नु देखियो ।’ कलाकार प्रेम पुरीले पनि हजारौंको भीडसँगै फिल्म छायांकन गरिएको बताए ।

सो छायांकनमा कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, प्रेम पुरी, कामेश्वर चौरासिया लगायत सहभागि थिए । छायांकन सकिने ३ प्रतिशत बाँकी सुटिङ छ । विहिबार एक दृश्यको सुटिङका लागि दक्षिण भारतीय एक्सन कलाकारको टोली त्यहाँ पुग्दैछ ।

समीर भट्टसँग डेढसय भिलेनको फाइटको दृश्य सुटिङ हुने निर्देशक सेनले बताए । ‘छायांकन सकिएसँगै काठमाडौं आएर प्रदर्शन मितिको तयारी गर्छौं’ सेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?