+
+

पर्सामा आगलागीबाट दर्जन बढी खसीबाख्रा मरे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ९:२८

२ माघ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए ।

बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरेको उनले बताए ।

आगलागी बुधबार बिहानपख १ बजेको समयमा भएको हो । आगलागीबाट खोर पूर्णरूपमा जल्दा खोरमा भएका खसीबाख्रा जलेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा बाख्रा र ८ वटा बोका मरेका छन् । आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?