२ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकासँग खेलिरहेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा जारी खेलमा नेपालले अमेरिकासामू ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनायो ।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन बनाइन् । नेपालले कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेन ।
अमेरिकाका लागि सुहाना थाडानी, रितु सिंह, इसानी भागेला, सानभी इमादी, माही माधवन र पूजा साहले १-१ विकेट लिए ।
नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत
प्रतिक्रिया 4