
फाइल फोटो
२ माघ, काठमाडौं । काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।
आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4