२ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ को फाइनल खेलअन्तर्गत दोस्रो दिनको खेल बुधबार जारी छ । लन्च ब्रेकसम्म पुलिसविरूद्ध आर्मी बलियो अवस्थामा छ ।
आर्मीले १७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ । आर्मी अब ४६ रनले पछाडि छ । भीम सार्की ५१ रनमा खेलिरहेका छन् । बसिर अहमद १५ रनमा अविजित छन् । पुलिसका लागि तीनै विकेट सागर ढकालले लिए ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा खराब मौसमका कारण ढिला गरी भएको सुरू भएको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको थियो । दोस्रो दिन ४८ रन थप्दा ७ विकेट गुमाएपछि पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए ।
आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।
प्रतिक्रिया 4