+
+

सुन तोलामा ४०० बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १२:०३

२ माघ, काठमाडौं । सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार प्रतितोला ४०० ले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार भने तोलामा ८०० रुपैयाँ घटेको थियो ।

मंगलबार तोलाको एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको एक लाख ५५ हजार ८ सय थियो ।

चाँदीको भाउ पनि बढेको छ । आज १० रुपैयाँ बढेर तोलाको एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा तोलाको एक हजार ८२० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?