+
+

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १२:५२

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भन्ने हल्ला भ्रम भएको बताएका छन् ।

बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहरूसँगको भेटघाट कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ति नदेखाउँदा देशमा यो अवस्था आएको बताए ।

उनले आफू नेतृत्वको सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?