+

खो खो विश्वकप : पुरूषतर्फ ब्राजिलमाथि नेपालको फराकिलो जित

२०८१ माघ  २ गते १३:३२ २०८१ माघ २ गते १३:३२
खो खो विश्वकप : पुरूषतर्फ ब्राजिलमाथि नेपालको फराकिलो जित

२ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप अन्तर्गत पुरूषतर्फ नेपालले ब्राजिलमाथि फराकिलो जित हात पारेको छ ।

समूह ए अन्तर्गत बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ ले हराएको हो । नेपालको यो दोस्रो जित हो ।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

महिलातर्फ समूह सी मा रहेको नेपालले आज श्रीलंकासँग खेल्दैछ । नेपाली महिला टोलीले पछिल्ला दुई खेल नै जितेको छ ।

हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

खो खो विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय