
२ माघ, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।
विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो ।
२६ पुसमा पशुपति क्षेत्र विकास कोषले तामाङविरुद्ध प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4