+
+

त्रिविमा स्नातक तहको भर्ना माघ ११ सम्म थपियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १७:००

२ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकोे भर्ना समय माघ ११ गतेसम्मलाई दिएको छ । भर्नाको समय सकिएपनि कतिपय विद्यार्थी भर्ना नभएको तर कक्षामा आउने गरेकाले भर्नाको समय थप गरिएको हो ।

‘सबै पक्षसँग छलफल गरेर ११ माघसम्मको समय दिइएको हो,’ त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले भने । समय थप गर्ने विषयमा रेक्टर कार्यालयले डीनहरूसँग छलफल गरेको थियो ।

शैक्षिक क्यालेन्डर प्रभावितच नहुनेगरी भर्नाको समय थप गर्न सुझाव आएपछि समय थप गरिएको शिक्षाध्यक्ष केसीले बताए ।

‘शैक्षिक क्यालेन्डरमा फेरबदल हुँदैन । भर्नाको समय मात्र थप गरिएको हो,’ उनले भने ।

आगामी १५ फागुनमा त्रिविमा स्ववियु चुनाव गर्ने तयारी छ । चुनावको लागि मात्र विद्यार्थी भर्ना हुने आशंकामा त्रिविले भर्ना बन्द गरेको थियो ।

तर विद्यार्थीहरूले निश्चित समय तोकेर मात्र भर्ना बन्द गर्नुपर्ने माग राखेका थिए । त्यसैले त्रिविले स्नातकको भर्नाको समय थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?