२ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको दोस्रो खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको हो ।
सुदूरले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ५ बल अगावै ५२ रनमा अलआउट भयो। सरस्वती पुनले सर्वाधिक १४ तथा कप्तान सरस्वती जिएमले १२ रन बनाइन् ।
सुदूरकी रेवती धामीले ४ ओभरमा ७ रन मात्र दिएर ३ विकेट लिइन् । आशिका महराले २ तथा कविता कुवँर, रितु कनोजिया, करिष्मा थापा र जानकी थापाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । कविता कुँवरले सर्वाधिक ५५ रन बनाइन् । मनिषा बोहराले २३ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुनले ३ विकेट लिइन् ।
पहिलो खेलमा सुदूरपश्चिमले गण्डकीलाई हराएको थियो ।
प्रतिक्रिया 4