+
+

सहकारीपीडितको पक्षमा बहस गर्दा ममाथि अदालत परिसरमै दुर्व्यवहार भयो : दिनेश त्रिपाठी

इजलासबाट निस्किने बित्तिकै बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुर्व्यवहार गरेको त्रिपाठीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १७:१५
रास्वपाका समर्थकहरुबाट अदालत परिसरमै लछारपछारमा परेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ।

२ माघ, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै दुर्व्यवहारमा परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले उनलाई अदालत परिसरमै लछारपछार गरेका हुन् । त्रिपाठीका अनुसार, लामिछाने पक्षका वकिलको बहस सकिएपछि उनले प्रमाण नष्ट हुनसक्ने सम्भावना रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए ।

‘पीडितहरु आवाजविहीन छन्, पीडकहरु शक्ति सम्पन्न छन् । हिजो पनि यो मामलामा प्रमाण मेटाएकै हुन्’, उनले आफूले बहसमा भनेका थिए, ‘शक्तिमा छँदा अनुसन्धान प्रक्रिया रोकिएको थियो, अधिकृतहरु सरुवामा परेका थिए । यस्तोमा भोलि पीडितले न्याय पाउँछन् भन्ने ग्यारेन्टी छैन, थुनामा राख्नुपर्छ ।’

यसपछि इजलासबाट निस्किने वित्तिकै उनलाई सुरुमा युट्युबरहरुले घेरेका थिए । बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुर्व्यवहार गरेको त्रिपाठीले बताए ।

‘मैले बोल्दै गर्दा उनीहरुले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए’, उनले अनलाइनखबरसँग भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्ेनलाई लाग्यो ।’

अदालत परिसरभित्रै कानून व्यवसायीमाथि भएको दुर्व्यवहार खेदजनक भएको उनले बताए । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?