
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने हल्ला अफवाह मात्र भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको औचित्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने आफूमा सोख नभएको बताए ।
‘हामीलाई अरुको पार्टी फुटाउने के को सोख । न जोड्ने सोख र न फुटाउने सोख’, प्रधानमन्त्री ओलीले भने ।
तर विगतमा अध्यादेश ल्याएर पार्टी फुटाएकाहरुमा त्यस्तो भ्रम परेको प्रधानमन्त्रीले बताए । आफूलाई भने कसैको पार्टी फुटाउने सोख नरहेको प्रष्टोक्ति दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4