+
+

सरकारले संविधान र संसद्‍लाई उपेक्षा गर्‍यो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १७:४९
फाइल तस्वीर

२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारको गतल कामको खबरदारी गर्ने बताए ।

‘सत्ताको दुरुपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसद्‍लाई उपेक्षा गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘संसद्‍को बैठकलाई छलेर त्यसमा पनि विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरीतको काम हो ।’

अध्यादेश ल्याउनका लागि समितिमा विचाराधीन विधेयक पहिला फिर्ता गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।

‘विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ । बल्ल अध्यादेशको रूपमा आउनसक्छ । विधेयक समितिमा विचाराधीन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन,’ उनले भने ।

अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुने उनले बताए ।

‘यस्तो कामहरूको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ । यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ । विधि प्रक्रियाको उल्लंघन हुनुभएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?