+
+

मर्यादाक्रमप्रति कांग्रेस सचेतकको असन्तुष्टि, भन्छिन्– सभामुखपछि उपसभामुख रहनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १८:०१
Photo Credit : RSS

२ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सचेतक शुशीला थिङले मर्यादाक्रमप्रति असन्तुष्टि पोखेकी छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले मर्यादाक्रम न्यायपूर्ण नरहेको बताइन् । महिला भएका कारणले पनि मर्यादाक्रम तलमाथि राख्ने गरिएको बताइन् ।

‘सभामुखलाई धेरै माथि, उपसभामुखलाई धेरै तल राखिएको छ । महिला भएकाले तल राखिएको हो कि ?’ उनले भनिन, ‘मर्यादाक्रममा सभामुखलगत्तै उपसभामुख आउनुपर्छ ।’

महिलाहरू उपप्रमुख भएकाले अन्यत्र पनि तल राखिएको उनको टिप्पणी छ । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारलाई उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?