+

एन्फा महिला लिग : बागमतीको पोस्टमा एपीएफको आधा दर्जन गोल

२०८१ माघ  २ गते १८:०८ २०८१ माघ २ गते १८:०८
एन्फा महिला लिग : बागमतीको पोस्टमा एपीएफको आधा दर्जन गोल

२ माघ, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले एन्फा महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगमा लगातार पाँचौं जित निकाल्ने क्रममा बागमती युथ क्लबलाई ६-० गोलअन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र सरु लिम्बुले २-२ तथा प्रिती राईले १ गोल गरिन् । एक गोल आत्मघाती भएको थियो ।

खेलको ४३औं मिनेटमा तथा इन्जुरी समयमा रश्मीले गोल गर्दै एपीएफलाई पहिलो हाफमा २-० ले अगाडि राखिन् । दोस्रो हाफको ५५औं मिनेटमा सेमिहाङमा लिम्बुले आत्मघाती गोल गर्दा ५६औं मिनेटमा सरु लिम्बुले गोल गर्दै ४-० ले अगाडि राखिन् ।

८८औं मिनेटमा प्रिती राईले गोल गर्दा इन्जुरी समयमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरिन् र एपीएफले फराकिलो जित दर्ता गर्‍यो ।

सुपर लिगमा अपराजित एपीएफले ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा यथावत् छ ।

एन्फा महिला राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय