+
+

नेविसंघले माग्यो त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा

उपकुलपति बरालको कार्यकक्षको ढोकामा पर्चा टाँसेर बुधबार त्रिवि नेविसंघले राजीनामा माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १८:१५

२ माघ, काठमडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा माग गरेको छ ।

त्रिविका उपकुलपति केसरजंग बराल, रेक्टर खड्क केसी र रजिस्ट्रार केदारप्रसाद रिजालको राजीनामा माग गरेको नेविसंघले जनाएको छ ।

उपकुलपति बरालको कार्यकक्षको ढोकामा पर्चा टाँसेर बुधबार त्रिवि नेविसंघले राजीनामा माग गरेको हो ।

‘मेरिटोक्रेसी भन्ने भित्रभित्रै पार्टीको नेताले जे–जे भन्यो त्यही अनुसार नियुक्त गरियो । क्याम्पस प्रमुखमा कसलाई कति नम्बर दिइयो खुलाइएको छैन । त्यसैले सांकेतिक रूपमा झकझकाएका हौँ,’ त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले भने ।

विद्यार्थीले ढोकामा पर्चा टाँस्ने समयमा उपकुलपति बराले भने कार्यकक्षमा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?