+
+

युद्धविराम गृहकार्यबीच इजरायली आक्रमणमा गाजामा एकैदिन ६२ मारिए

मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता पहिले भन्दानजिक पुगेको बताइरहँदा यो आक्रमण भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते २०:१४

२ माघ, माघ । युद्धविरामको गृहकार्य धेरैअगाडि बढेको चर्चाका बीच इजरायली सेनाले गरेको आक्रमणमा गाजामा एकैदिन कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गाजाको एक शरणार्थी क्याममा परिवर्तन गरिएको विद्यालय र सर्वसाधारणको घरमा आक्रमण गर्दा ठूलो संख्यामा मानिस मारिएका हुन् ।

अलजजिराका अनुसार मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता पहिलेभन्दा नजिक पुगेको बताइरहँदा यो आक्रमण भएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल सिसीले इजरायल र हमासलाई सम्झौता सम्पन्न गर्न संयुक्त आह्वान गरेका छन्।

तेल अविवमा हजारौं इजरायलीहरूले गाजामा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइ सुनिश्चित गर्न सम्झौता गर्न भन्दै प्रदर्शन चर्काएका छन् । यता, जेरुसेलममा सयौं कट्टरपन्थी समर्थकहरूले युद्ध जारी राख्न माग गर्दै मार्च गरेका छन् ।

गाजामा इजरायलको आक्रमणले ७ अक्टोबर २०२३ यता कम्तीमा ४६ हजार ७०७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख १० लाख २६५ जना घाइते भएका छ ।

सोही दिन हमासद्वारा नेतृत्व गरिएको आक्रमणमा इजरायलमा कम्तीमा एक हजार १३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?