२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपालका युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ अर्थात् ब्याटिङ क्याम्प सञ्चालन हुने भएको छ। क्याम्पमा २० जना युवा ब्याटरहरूको सहभागिता रहने क्यानले जनाएको छ ।
माघ ४ देखि १२ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईको प्रत्यक्ष निगरानी रहनेछ ।
खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।
क्याम्पामा समावेश भएका खेलाडीहरूमा लोकेश बम, तृतराज दास, किरन ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहेल कुमार, अभिषेक तिवार, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट छन् ।
त्यस्तै उत्तम थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकार, इमरान शेख, सन्तोष कार्की, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सुजन थपलिया र अर्जुन घर्ती पनि क्याम्पमा समावेश छन् ।
मधेश प्रधेश तथा नेपाली यू-१९ टोलीका खेलाडी मयन यादव भने जय ट्रफीका दौरान घाइते भएकाले उनी क्याम्पमा समावेश भएका छैनन् ।
प्रतिक्रिया 4