+
+

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयासको कांग्रेसद्वारा निन्दा

रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा भएकाे आक्रमण घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते २२:०५

२ माघ, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रयासको नेपाली कांग्रेसले निन्दा गरेको छ ।
घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।

बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्ता अराजकता र अवांछित गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने जनाएका छन् ।

‘सहकारीको अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा आज भएको थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै केही अराजक व्यक्तिहरूले एक्कासी आक्रमण गर्दै लछारपछार, हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको हो ।

विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको भन्दै कांग्रेसले आक्रमणको घटनालाई दुःखदायी घटनाको रूपमा लिएको छ ।

‘विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?