+
+

इजरायल-हमास युद्धविराम सम्झौता, विपिन रिहाइको खुल्यो बाटो

कतारको मध्यस्थतामा गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने गरी समझौता भएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ०:०४

२ माघ, काठमाडौं । इजरायल र हमास गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।

स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।

इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?